एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री रघुजी पन्तले एसईईलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘अधिकार स्थानीय तहको नै हो । तर, त्यो अधिकार निरङ्कुश […]

Jun 14, 2025 - 11:53
 0
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री रघुजी पन्तले एसईईलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘अधिकार स्थानीय तहको नै हो । तर, त्यो अधिकार निरङ्कुश र मनलाग्दी ढंगले प्रयोग गर्न नपाओस् भन्न शिक्षकहरुको योग्यता शिक्षा सेवा आयोगले तोक्छ । उनीहको विभिन्न रेकर्ड राख्ने र धेरै अधिकार नदिइकन जुन शिक्षा इकाई छ, त्यसलाई कायम गर्ने कुरा सरकारको नीति कार्यक्रममा पनि आएको छ । एसईई प्रदेश सरकारलाई नै जिम्मा लगाऊ । प्रदेशलाई जिम्मा लगाएपछि त्यसमा शिक्षा इकाईले पनि सहयोग गर्छ ।माध्यमिक शिक्षा अब स्थानीय सरकारको अधिकार हो भन्ने कुरामा प्रष्ट छौं ।’

त्यस्तै, उनले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरे । निजी विद्यालयलाई निषेध गरेर जान नसकिने भन्दै कडाइका साथ नियमन र गुठीमा जानेलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ । – नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register