तस्वीरमा हेर्नुहोस्, प्राइडको उत्सव

काठमाडौं । जुन महिना अर्थात् प्राइड मन्थको अवसरमा काठमाडौंको सडकहरूमा विविध रंगका झण्डाहरू फर्फराउँदै उत्साहपूर्ण र्‍याली सम्पन्न भएको छ । शान्तिवाटिकाबाट दिउँसो २ बजे सुरु भएको यो र्‍यालीमा सहभागीहरू नाच्दै, गाउँदै, हाँस्दै, आफ्ना पहिचान र स्वतन्त्रतालाई गर्वका साथ सार्वजनिक रूपमा देखाउँदै अगाडि बढेका थिए । उक्त र्‍याली शान्तिवाटिकाबाट सुरु भएर सहरका विभिन्न सडक हुँदै नारायणचौरमा […]

Jun 14, 2025 - 12:20
 0
तस्वीरमा हेर्नुहोस्, प्राइडको उत्सव

काठमाडौं । जुन महिना अर्थात् प्राइड मन्थको अवसरमा काठमाडौंको सडकहरूमा विविध रंगका झण्डाहरू फर्फराउँदै उत्साहपूर्ण र्‍याली सम्पन्न भएको छ ।

शान्तिवाटिकाबाट दिउँसो २ बजे सुरु भएको यो र्‍यालीमा सहभागीहरू नाच्दै, गाउँदै, हाँस्दै, आफ्ना पहिचान र स्वतन्त्रतालाई गर्वका साथ सार्वजनिक रूपमा देखाउँदै अगाडि बढेका थिए ।

उक्त र्‍याली शान्तिवाटिकाबाट सुरु भएर सहरका विभिन्न सडक हुँदै नारायणचौरमा पुगेर समापन भयो। सहभागीहरूका हातमा रङ्गीचङ्गी प्राइड झण्डा, आकर्षक पोस्टर र प्लेकार्डहरू देखिन्थे । सडकमा लय र मस्तीले भरिएको दृश्य थियो — कसैले गीत गाउँदै थिए, कसैले नाच्दै, त कसैले साथीहरूसँग हात समाएर उल्लास प्रकट गरिरहेका थिए।

नारायणचौरमा पुगेर र्‍याली एउटा सांस्कृतिक कार्यक्रममा परिणत भयो । यहाँ प्राइड समूहका विभिन्न सदस्यहरूले नृत्य, गायन र अभिनय प्रस्तुत गर्दै भीडलाई रोमाञ्चित बनाएका थिए । सबै जना एकअर्कालाई अँगालो हाल्दै, खुसी साट्दै, आफ्नो पहिचान र अधिकारको उत्सव मनाइरहेका थिए।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register