बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारिया पक्राउ

काठमाडौं । बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारिया पक्राउ परेकी छन् । थाइल्यान्ड जाँदै गर्दा प्रहरीले ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट फारियालाई पक्राउ गरेको हो । फरियामाथि गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप छ । बंगलादेशका सञ्चारमाध्यमका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारियाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ […]

May 19, 2025 - 06:39
 0
बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारिया पक्राउ

काठमाडौं । बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारिया पक्राउ परेकी छन् ।

थाइल्यान्ड जाँदै गर्दा प्रहरीले ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट फारियालाई पक्राउ गरेको हो । फरियामाथि गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप छ ।

बंगलादेशका सञ्चारमाध्यमका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारियाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ । जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।

नुसरत फारिया बंगलादेशकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले रेडियो जकीको रूपमा आफ्नो करिअर सुरु गरेकी थिइन् र सन २०१५ मा बंगलादेश–भारत संयुक्त फिल्म ‘आशिकीः ट्रु लभ’ बाट अभिनयको संसारमा प्रवेश गरेकी थिइन् । उनको सबैभन्दा चर्चित भूमिका २०२३ को बायोपिक ‘मुजिबः द मेकिंग अफ नेशन’ मा थियो, जसमा उनले शेख हसिनाको भूमिका निभाएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register