राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सोमबार जनही ५ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो । केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, केन्द्रका तत्कालीन लेखा अधिकृत […]

May 19, 2025 - 10:06
 0
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सोमबार जनही ५ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि, पुतलीसडक, काठमाडौं र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकवर हुसेनलाई प्रतिवादी बनाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट खरिद गरिएका मुख्य उपकरणको मूल्य अनलाइन स्रोतमा प्राप्त हालको मूल्यसूचीभन्दा बढी भएको पाइएको भन्ने ब्यहोराको उजुरी परेपछि अख्तियारले अनुसन्धान र छानबिन अघि बढाएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा आईएफबी नम्बर एनआईटीसी-जी-एनसीबी–६–०७५/०७६, सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसिओनिङ अफ आरईएससी एन्ड एचसीआई सर्भिस् खरिद सन्देहपूर्ण रहेको, खरिद गरिएका मुख्य उपकरणहरूको प्राविधिक विवरण अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको अख्तियारले जनाएको छ ।

उनीहरूले आफूलाई गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकार-सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनियतले ५ करोड ७९ लाख बराबरको रकम बढी भुक्तानी लिई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको देखिएकाले आरोपपत्र दाय गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register