राजस्व छलेर नेपाल भित्रिएका भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

काठमाडौं । झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका सामानसहित तीनवटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका-५ मा आइतबार राति नेपाल प्रहरीले उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको हो । भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका भारतीय नम्बर प्लेट भएका तीन कन्टेनरलाई प्रहरीले […]

May 19, 2025 - 06:47
 0
राजस्व छलेर नेपाल भित्रिएका भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

काठमाडौं । झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका सामानसहित तीनवटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका-५ मा आइतबार राति नेपाल प्रहरीले उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको हो ।

भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका भारतीय नम्बर प्लेट भएका तीन कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ती कन्टेनरबाट रु. ३ करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । बरामद सामानमा ट्याक कम्बाइन हार्भेस्टरलगायत अन्य सामग्री रहेका छन् । नियन्त्रणमा लिइएका कन्टेनरहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register