हुम्लामा हिमपहिरोबाट भएको क्षतिका बारेमा संसद्मा ध्यानाकर्षण

काठमाडौं । हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसद्मा ध्यानाकर्षण गराइएको छ । गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।  उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका […]

May 19, 2025 - 07:08
 0
हुम्लामा हिमपहिरोबाट भएको क्षतिका बारेमा संसद्मा ध्यानाकर्षण

काठमाडौं । हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसद्मा ध्यानाकर्षण गराइएको छ । गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।

 उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका अनुसार सो बिष्फोटवाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिँचाइ हुँदै आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।

‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३२ जना अहिले खेतमा पाल टाँगेर बसेका छन्, जसमा  जसमा २१ जना महिला, ९ जना पुरूष २ जना बालक रहेका छन् ।’

हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारवाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहात दिन र उद्धार गराउन पनि माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register