भ्रष्टाचार आरोपित बस्नेत तामझामसहित गृहजिल्लामा, आयोजना उद्घाटन गर्न थालेपछि पालिकाको चेतावनी

काठमाडौं । भ्रष्टाचार आरोप लागेर सांसद पदबाट निलम्बित भएका मोहनबहादुर बस्नेत तामझामसहित गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन् । उनका समर्थकले मोटरसाइकल, गाडीको लावालस्कर र नाराबाजीसहित उनलाई स्वागत गरेका थिए । उनी विभिन्न आयोजना उद्घाटन गर्न गृहजिल्ला पुगेको एक स्थानीय कांग्रेस नेताले जानकारी दिए । बस्नेतले लिसंखुपाखर गाउँपालिका-२ स्थित निगाले नारगाउँ खानेपानी उद्घाटन गरिसकेका छन् । उनले […]

May 19, 2025 - 10:27
 0
भ्रष्टाचार आरोपित बस्नेत तामझामसहित गृहजिल्लामा, आयोजना उद्घाटन गर्न थालेपछि पालिकाको चेतावनी

काठमाडौं । भ्रष्टाचार आरोप लागेर सांसद पदबाट निलम्बित भएका मोहनबहादुर बस्नेत तामझामसहित गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन् ।

उनका समर्थकले मोटरसाइकल, गाडीको लावालस्कर र नाराबाजीसहित उनलाई स्वागत गरेका थिए । उनी विभिन्न आयोजना उद्घाटन गर्न गृहजिल्ला पुगेको एक स्थानीय कांग्रेस नेताले जानकारी दिए ।

बस्नेतले लिसंखुपाखर गाउँपालिका-२ स्थित निगाले नारगाउँ खानेपानी उद्घाटन गरिसकेका छन् । उनले अन्य स्थानमा पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसबीच सुनकोशी गाउँपालिका र लिसंखु पाखार गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर बस्नेतबाट आयोजनाको उद्घाटन नगराउन निर्देशन दिएका छन् । साथै, अतिथि नबनाउन र कार्यक्रममा नजानसमेत निर्देशन दिइएको छ ।

गाउँपालिकाको सहमति बेगर खानेपानी योजना उद्घाटन

पालिकाको सहमतिविना बस्नेतले निगाले नारगाउँ खानेपानी योजना उद्घाटन गरेको लिसंखु पाखार गाउँपालिकाका अध्यक्ष राजु लामा बताउँछन् ।

उनले आइतबार नै विज्ञप्ति निकालेर भ्रष्टाचार मुद्दामा मुछिएर निलम्बनमा परेको साथै योजनाका लागि कुनै भूमिका नखेलेको व्यक्तिबाट उद्घाटन गर्न लागिएको भन्दै पालिकाको सहमतिबेगर उद्घाटन नगर्न र जनप्रतिनिधि तथा कर्मचारीलाई पनि उपस्थित नहुन भनेका थिए ।

तर, सोमबार काङ्ग्रेस लिसंखु पाखारले ‘निगाले नारगाउ खानेपानी समुद्घघाटन नेपाली काङ्ग्रेस गित सार्वजनिक तथा बृहत कार्यकर्ता भेला कार्यक्रम’ गर्दै बस्नेतबाट साे योजनाको उद्घाटन गरेको हो ।

गाउँपालिकाको सहमति र समन्वयविना असम्बन्धित व्यक्तिबाट खानेपानी योजनाको उद्घाटन गर्नु संविधान, प्रचलित कानुन तथा स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लङ्घन भएको लामा बताउँछन् । उक्त आयोजना २०७९ पुष १९ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार बनाइएको थियो ।

सुनकोशीले भन्यो – उद्घाटन कार्य जबर्जस्ती अगाडि बढाए जटिलता व्यहोर्नुपर्ला

सुनकोशीले गाउँपालिकाको अनुमतिविना उद्घाटन कार्य जबर्जस्ती अगाडि बढाइए त्यसबाट हुने कानुनी, प्रशासनिक तथा अन्य जटिलताको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्ने चेतावनी दिएको छ ।

बस्नेतले मंगलबार सुनकोशी-२ ठोकर्पामा स्वास्थ्यचौकी भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयद्वारा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकी भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबाट गरिने मौखिक सहमति भएको समेत पालिकाले जनाएको छ ।

सुनकोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिकाको मिति २०८२ साल वैशाख २५ गते सम्पन्न गाउँ कार्यपालिका बैठकमा शहरी विकास तथा भवन डिभिजन कार्यालयद्वारा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकी भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय प्रदीप पौडेलज्यूबाट गरिने मौखिक सहमति गरिएको थियो । सोही सहमतिको कार्यान्वयन स्वरूप कार्यक्रम व्यवस्थापनका लागि एक लाख रुपैयाँ पेश्कीसमेत उपलब्ध गराइएको छ ।’

‘तर पछिल्लो केही दिन यता सामाजिक सञ्जालहरूमा उक्त भवनको उद्घाटन पूर्वस्वास्थ्य मन्त्री तथा हाल विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका श्री मोहनबहादुर बस्नेतबाट गरिने तयारीको प्रचार प्रसार भइरहेको पाइएको छ, यसप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सुनकोशीका अध्यक्ष टपिन्द्रप्रसाद तिम्सिना नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने लिसंखु पाखारका अध्यक्ष लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेत २०७९ को आमचुनावमा सिन्धुपाल्चोक-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register