भन्सार महसुल बढ्ने ‘सूचना चुहिएपछि’ ईभी गाडीले भरियो सुक्खा बन्दरगाह (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको संख्यामा विद्युतीय गाडी भन्सार जाँचपासका लागि आइपुगेका छन् । विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा यहाँ आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् । बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना […]

May 20, 2025 - 09:30
 0
भन्सार महसुल बढ्ने ‘सूचना चुहिएपछि’ ईभी गाडीले भरियो सुक्खा बन्दरगाह (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको संख्यामा विद्युतीय गाडी भन्सार जाँचपासका लागि आइपुगेका छन् । विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा यहाँ आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य रुपमा बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो । नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ ।

बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register