डलर तस्करी प्रकरणः मालिक फरार, भरिया कारागार चलान

काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको डलर तस्करी प्रकरणमा पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । फुच्चे भनेर चिनिने लामालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि लामालाई कारागार चलान गरिएको छ […]

Apr 17, 2025 - 07:55
 0
डलर तस्करी प्रकरणः मालिक फरार, भरिया कारागार चलान

काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको डलर तस्करी प्रकरणमा पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । फुच्चे भनेर चिनिने लामालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि लामालाई कारागार चलान गरिएको छ । 

उनलाई २५ करोड रुपैयाँ बराबरको डलर र युरो तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले ट्रकसहित पक्राउ गरेको थियो । उनी उक्त तस्करी प्रकरणमा भरिया भएको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । 

यता सो प्रकरणमा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-१० बस्ने नारायण पौडेल रहेको विभागको निष्कर्ष छ । पौडेल हाल फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३,४,५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register