उपमेयर डंगोलको जोडबलमा राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् । पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ । काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि विदामा बसेका प्रमुख […]

May 20, 2025 - 10:39
 0
उपमेयर डंगोलको जोडबलमा राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि विदामा बसेका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईं २९ चैतमा महानगरमा हाजिर हुन आएका थिए । उपमेयर डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर आएका थिए ।

तर, गुरागाईंलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा बाधा गरेको थियो । यही विषयमा डंगोलले प्रमुख प्रशासकिय अधिकृतमार्फत पाण्डेलाई स्पष्टीकरण सोधेकी हुन् ।

पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्वील लक किन गरेको ? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको ? कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर पाण्डेलाई प्रश्न गरिएको छ ।

यसबाहेक प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको र उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेको ? प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको ?

काठमाडौं महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

सञ्चारमाध्यममा बयानबाजी गरेको, उपमेयर र अन्य जनप्रतिनिधिहरूसँग सवाल जवाफ गरेर अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरेको र नियोजित रूपमा वातावरणलाई उत्तेजित बनाएर थप द्वन्द्व निम्त्याउने प्रयास गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी ऐन, २०८० को दफा ५ बमोजिम नगर प्रहरीले आफ्नो रेखदेख, नियन्त्रण, र निर्देशनमा रही काम गर्नुपर्ने र सम्बन्धित अधिकारीको आदेश पालना गर्नुपर्ने व्यवस्था छ ।

७ दिनभित्र दिनभित्र स्पष्टीकरण बुझाउन पाण्डेलाई निर्देशन दिइएको छ । स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा नगर प्रहरी बलको जिम्मेवारीबाट हटाउने भनिएको छ ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘माथि उल्लेखित भए बमोजिमका गैह्रकानुनी क्रियाकलाप कुन उद्देश्य पूर्ति गर्ने हेतुले किन गर्नु भएको हो ?’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register