पूर्व राजालाई राजनीतिमा स्वागत गर्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा स्वागत गर्न आफू तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व राजालाई राजनीतिमा स्वागत गर्न आफू तयार रहेको बताएका हुन् । ‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौँ,’ उनले भनेका छन् । पूर्व […]

Mar 9, 2025 - 13:09
 0
पूर्व राजालाई राजनीतिमा स्वागत गर्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा स्वागत गर्न आफू तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व राजालाई राजनीतिमा स्वागत गर्न आफू तयार रहेको बताएका हुन् । ‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौँ,’ उनले भनेका छन् ।

पूर्व राजाको माग आफूले नबुझेको भन्दै माग स्पष्ट राख्न उनले सुझाएका छन् । ‘म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्व राजाको हैसियतले, पुस्तैनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढङ्गले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको?’ ओलीले सोधेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति   प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाएका छन् । उनको अभियान मनैदेखि जनतालाई टुक्र्याउन केन्द्रित रहेको  प्रधानमन्त्रीको आरोप छ । ‘फागुन ६ गते नै पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न,’ उनले भने ।

पूर्व राजा ज्ञानेन्द्रका क्रियाकलाप मुलुकलाई अप्ठ्यारो पार्ने उद्देश्यबाट प्रेरित रहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register