‘विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिन थाले’

काठमाडौँ । उर्जा मन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने गरेको बताएका हुन् । उनले लोडसेडिङबारे भ्रम फैलाउनेहरुले राति १२ बजे पनि ‘बत्ती गयो’ भन्दै विदेशबाट फोन गर्ने गरेको […]

May 21, 2025 - 08:32
 0
‘विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिन थाले’

काठमाडौँ । उर्जा मन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने गरेको बताएका हुन् ।

उनले लोडसेडिङबारे भ्रम फैलाउनेहरुले राति १२ बजे पनि ‘बत्ती गयो’ भन्दै विदेशबाट फोन गर्ने गरेको बताएका छन् । तर, बत्ती गयो भनिएको ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको पाइने उर्जामन्त्री खड्काको भनाई छ । 

मन्त्री खड्काले यसरी लोडसेडिङका विषयमा गलत प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले कथमकदाचित विद्युत अवरुद्ध भए, सूचना दिने गरेको दाबी गरेका छन् । तर, उत्पादनकै कमीले लोडसेडिङ भएको हल्लामा सत्यता नभएको मन्त्री खड्काको भनाई छ । 

त्यस्तै, उनले कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराउने गरेको उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register