आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मङ्गलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । यस्तै, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र […]

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मङ्गलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । यस्तै, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ ।
केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
What's Your Reaction?






