भैरहवा विमानस्थल अनियमितता अध्ययन उपसमितिमा प्रतिनिधि सहभागि नगराएको भन्दै माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्जनिक लेखा समिति अन्तर्गत भैरहवा विमानस्थल अनियमितता अध्ययन उपसमितिमा आफ्नो दलको प्रतिनिधि सहभागी नगराएको भन्दै आपत्ति जनाएको छ । लेखा समितिमा बोल्दै सांसद लेखनाथ दाहालले आपत्ति जनाएका हुन् । ‘भैरहवा विमानस्थलको छानबिन उपसमितिमा माओवादी केन्द्रको प्रतिनिधि नराखिएकोप्रति म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी […]

May 21, 2025 - 10:05
 0
भैरहवा विमानस्थल अनियमितता अध्ययन उपसमितिमा प्रतिनिधि सहभागि नगराएको भन्दै माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्जनिक लेखा समिति अन्तर्गत भैरहवा विमानस्थल अनियमितता अध्ययन उपसमितिमा आफ्नो दलको प्रतिनिधि सहभागी नगराएको भन्दै आपत्ति जनाएको छ ।

लेखा समितिमा बोल्दै सांसद लेखनाथ दाहालले आपत्ति जनाएका हुन् । ‘भैरहवा विमानस्थलको छानबिन उपसमितिमा माओवादी केन्द्रको प्रतिनिधि नराखिएकोप्रति म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी रहने मान्यता पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।  लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानबिनका लागि तत्काल सम्बन्धित निकायमा पठाउन पनि माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register