महिला तथा सामाजिक समितिमा विवाद : छानबिन गर्न सभामुखको आदेश

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा सभापति किरणकुमार साहलाई नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले ‘माइक हाने’को विषयलाई लिएर सभामुख देवराज घिमिरेले छानबिन गर्न आदेश दिएका छन् । बैठकमा ढिला गरी पुगेकी कुसारीले आफ्नो कुरा राख्न खोज्दा समितिका सभापति साहले समय नदिइएको भन्दै बोल्न दिएका थिएनन् । त्यसपछि कल्पनाले माइक हानेकी थिइन् […]

May 21, 2025 - 10:08
 0
महिला तथा सामाजिक समितिमा विवाद : छानबिन गर्न सभामुखको आदेश

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा सभापति किरणकुमार साहलाई नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले ‘माइक हाने’को विषयलाई लिएर सभामुख देवराज घिमिरेले छानबिन गर्न आदेश दिएका छन् ।

बैठकमा ढिला गरी पुगेकी कुसारीले आफ्नो कुरा राख्न खोज्दा समितिका सभापति साहले समय नदिइएको भन्दै बोल्न दिएका थिएनन् । त्यसपछि कल्पनाले माइक हानेकी थिइन् । उनले आफ्नो नेमप्लेट पनि प्रहार गरेकी थिइन् ।

यसरी समितिको बैठकमा सभापति र सांसदबीच विवाद भएपछि सभामुख देवराज घिमिरेले दुवै जनालाई छलफलका लागि बोलाएका थिए । तर, सभापति साह भने काठमाडौं बाहिर जाने कार्यक्रम रहेकाले गएनन् । तर, कल्पना भने सभामुखसँग छलफलका लागि पुगेकी थिइन् । सभामुखसँग समितिमा भएको विषयमा आफूले जानकारी गराएको उनले नेपालभ्युजलाई बताइन् । उनले सभामुखले बैठकको भिडिओ मगाएर छानबिन गर्ने बताएको जानाइन् । सभामुखले छानबिनका लागि आदेश दिएको उनले जानकारी दिइन् ।

अहिले पनि त्रिभुवन विमानस्थलमै रहेका सभापति साहले नेपालभ्युजसँग फोनमा भने, ‘म बाहिर जानुपर्ने भएकाले सभामुखज्युकोमा जान सकेन । तर उहाँको सचिवालयलाई फोन गरेर मेरो कुरा टिपाएको छु ।’ उनले विमान स्थगित भए सिधै सभामुखलाई भेट्न जाने बताए ।

साहले माओवादी केन्द्रकी सांसद कल्पना बिहान साढे ७ बजे बैठक सुरु भए पनि ९ बजेतिर मात्र आएको बताए । उनले दुईवटा उपसमितिका संयोजकले प्रतिवेदन बुझाउने कार्यसूची रहेको र प्रतिवेदन पनि उनीहरूले बुझाएको बताए । तर, बैठकमा आउनासाथ माओवादी केन्द्री सांसद कल्पनाले बाहिर कतैको रिस ल्याएर बोलेको दाबी गरे ।

तर, सभामुखको छानबिनबाट आफ्नो दोष देखिए आफू कारबाही भोग्न तयार रहेको कल्पनाले बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register