सार्कको सार्थकता समाप्त भइसक्यो – भाजपा नेता जोली

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् । नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रुपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको आरोप छ […]

May 21, 2025 - 10:05
 0
सार्कको सार्थकता समाप्त भइसक्यो – भाजपा नेता जोली

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रुपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।

सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको आरोप छ । जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे ।

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धबाहेक सौनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उनको भनाइ छ ।

जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपालीभित्रका सबै बिषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरुलाई मात्रै रहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register