सभापति देउवाको राजसंस्थाबारेको भनाइ भ्रमपूर्ण: मीन विश्वकर्मा

काठमाडौं ।  नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको स्पष्ट पारेका छन्। विश्वकर्माले देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नागरिकहरूलाई […]

May 22, 2025 - 04:38
 0
सभापति देउवाको राजसंस्थाबारेको भनाइ भ्रमपूर्ण: मीन विश्वकर्मा

काठमाडौं ।  नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको स्पष्ट पारेका छन्।

विश्वकर्माले देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका उहाँ अथक योद्दा हुनुहुन्छ।”

कसैले क्षणिक स्वार्थपूर्तिका लागि राजसंस्थाबारे देउवाको धारणा भनि मिडियामा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक कार्य भएको उनको भनाई छ ।  उनले देउवाले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको धर्म नभएको पनि उल्लेख गरेका छन्।

विश्वकर्माले यस्ता भ्रामक कुरामा विश्वास नगर्न सबैमा अनुरोध गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register