बुच र सुनीताको उद्धारका लागि स्पेसएक्सको रकेट प्रक्षेपण, घर फिर्तीको आशा

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्सलाई उद्धार गर्न स्पेसएक्सले नयाँ चालक दल बोकेको रकेट प्रक्षेपण गरेको छ। यो प्रक्षेपणले नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा रहेका बुच र सुनीताको घर फिर्तीको आशा जगाएको छ। बीबीसीका अनुसार  प्राविधिक चुनौतीहरूका बाबजुद, नासा र स्पेसएक्सले उनीहरूलाई सकुशल पृथ्वीमा फर्काउन हरसम्भव […]

Mar 15, 2025 - 03:35
 0
बुच र सुनीताको उद्धारका लागि स्पेसएक्सको रकेट प्रक्षेपण, घर फिर्तीको आशा

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्सलाई उद्धार गर्न स्पेसएक्सले नयाँ चालक दल बोकेको रकेट प्रक्षेपण गरेको छ। यो प्रक्षेपणले नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा रहेका बुच र सुनीताको घर फिर्तीको आशा जगाएको छ।

बीबीसीका अनुसार  प्राविधिक चुनौतीहरूका बाबजुद, नासा र स्पेसएक्सले उनीहरूलाई सकुशल पृथ्वीमा फर्काउन हरसम्भव प्रयास गरिरहेका छन्।

बुच र सुनीतालाई आईएसएसमा आठ दिन मात्र बस्ने योजना थियो, तर उनीहरूले प्रयोग गरेको बोइङ कम्पनीको प्रयोगात्मक स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक समस्या देखिएपछि उनीहरूको बसाइ लम्बिएको हो।

नयाँ चालक दल आईएसएसमा पुगेको दुई दिनपछि बुच र सुनीताले पृथ्वीतर्फको यात्रा सुरु गर्नेछन्। नासाको कमर्सियल क्रु प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले यो सम्भावनाप्रति खुशी व्यक्त गर्दै बुच र सुनीताले उत्कृष्ट काम गरेको र उनीहरूलाई फिर्ता ल्याउन उत्साहित रहेको बताएका छन्।

पृथ्वीमा फर्कने क्याप्सुलको सुरक्षित पुन: प्रवेशका लागि पृथ्वीको अवस्था सही नभएसम्म थोरै ढिलाइ हुन सक्ने आईएसएस कार्यक्रमका प्रबन्धक डाना वाइगेलले जानकारी दिएको बीबीसीमा खबर छ  ।  मौसम अनुकूल नभएमा थप समय लाग्न सक्ने उनले बताइन्।

सुनीता विलियम्सले अन्तरिक्ष स्टेशनमा बस्न पाउँदा खुशी लागेको र यो आफ्नो ‘खुशीको ठाउँ’ भएको बताएकी छिन्।

बुच र सुनीता जुन २०२४ को सुरुमा आईएसएसमा पुगेका थिए। बोइङले बनाएको स्टारलाइनर अन्तरिक्ष यानको विकासमा प्राविधिक समस्याका कारण यो मिसन धेरै वर्ष ढिलाइ भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register