टीआरसीमा सशस्त्र द्वन्द्वपक्ष राज्यपक्षले बराबरी दायित्व लिनुपर्ने बाबुरामको जिकिर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानवअधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेना गरी दुई थरी […]

May 22, 2025 - 13:38
 0
टीआरसीमा सशस्त्र द्वन्द्वपक्ष राज्यपक्षले बराबरी दायित्व लिनुपर्ने बाबुरामको जिकिर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानवअधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेना गरी दुई थरी सेना रहेको र द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताए ।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौं मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको उल्लेख गरे । तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अव शान्ति प्रक्रियालाई टुङ्ग्याउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनले बताए ।

विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनुपरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register