हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका ३ जनाको मृ्त्यु

काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा गम्भीर घाइते भएका तीन जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, बेलिब्रिज खसेर गम्भीर चोट लागेका उनीहरूलाई तत्काल […]

Jun 15, 2025 - 03:08
 0
हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका ३ जनाको मृ्त्यु

काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा गम्भीर घाइते भएका तीन जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, बेलिब्रिज खसेर गम्भीर चोट लागेका उनीहरूलाई तत्काल पाँचथर अस्पताल पुर्‍याइएको थियो। थप उपचारका लागि मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल रिफर गरिए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

घटनामा घाइते भएका अन्य तीन जना मजदुरको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

गत वर्ष असोज १२ गते आएको भीषण बाढीले हेवा खोलामा रहेको बेलिब्रिज बगाएपछि सोही स्थानमा नयाँ बेलिब्रिज जडानको कार्य सम्पन्न नहुँदै अप्रत्याशित रूपमा बेलिब्रिज खसेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register