उत्तराखण्डको रुद्रप्रयागमा केदारनाथ दर्शनका लागि जाँदै गरेको हेलिकप्टर दुर्घटना

काठमाडौं । उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक संजालमार्फत दुर्घटनाको   जानकारी दिएका छन् । मुख्यमन्त्री धामीले आफ्नो ‘एक्स’ ह्यान्डलमा पोस्ट गर्दै भनेका छन्, ‘जनपद रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अत्यन्त दुःखद खबर प्राप्त भएको छ।’ उनले राहत र उद्धार कार्यमा एसडीआरएफ (राज्य विपद् प्रतिक्रिया बल) र स्थानीय प्रशासन […]

Jun 15, 2025 - 04:44
 0
उत्तराखण्डको रुद्रप्रयागमा केदारनाथ दर्शनका लागि जाँदै गरेको  हेलिकप्टर दुर्घटना

काठमाडौं । उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक संजालमार्फत दुर्घटनाको   जानकारी दिएका छन् ।

मुख्यमन्त्री धामीले आफ्नो ‘एक्स’ ह्यान्डलमा पोस्ट गर्दै भनेका छन्, ‘जनपद रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अत्यन्त दुःखद खबर प्राप्त भएको छ।’

उनले राहत र उद्धार कार्यमा एसडीआरएफ (राज्य विपद् प्रतिक्रिया बल) र स्थानीय प्रशासन जुटेको बताए। धामीले ‘बाबा केदारसँग सबै यात्रुहरूको सकुशलताको कामना गर्दछु । ‘

बीबीसी हिन्दीका अनुसार  हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिर दर्शनका लागि जाँदै थिए।

देहरादूनबाट केदारनाथ जाँदै गरेको आर्यन कम्पनीको दुर्घटनाग्रस्त  हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेकोमा सबैको  मृत्यु भएको बताइएको छ ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले यसको  पुष्टि गरेका छन्। सुरुमा गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको रिपोर्ट गरेको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register