पासा पुचः गुथि यूकेमा नयाँ कमिटी, अध्यक्षमा दोहोरिए सुशील प्रजापति

लन्डन- पासा पुचः गुथि यूकेको ‘बोर्ड अफ ट्रष्टी’ मा नयाँ कमिटी निर्वाचित भएको छ। शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा सम्पन्न गुथिको आठौं अधिवेशनले सर्वसम्मतिमा निर्वाचित गरेको नयाँ कमिटीमा अध्यक्ष पदमा सुशील प्रजापति दोहोरिएका छन् । दुई वर्षअघि अध्यक्षको रुपमा संस्थाको नेतृत्व लिएका प्रजापतिले अब थप दुई वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । २१ सदस्यीय नयाँ कमिटीमा […]

Jun 14, 2025 - 18:55
 0
पासा पुचः गुथि यूकेमा नयाँ कमिटी, अध्यक्षमा दोहोरिए सुशील प्रजापति

लन्डन- पासा पुचः गुथि यूकेको ‘बोर्ड अफ ट्रष्टी’ मा नयाँ कमिटी निर्वाचित भएको छ।

शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा सम्पन्न गुथिको आठौं अधिवेशनले सर्वसम्मतिमा निर्वाचित गरेको नयाँ कमिटीमा अध्यक्ष पदमा सुशील प्रजापति दोहोरिएका छन् । दुई वर्षअघि अध्यक्षको रुपमा संस्थाको नेतृत्व लिएका प्रजापतिले अब थप दुई वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

२१ सदस्यीय नयाँ कमिटीमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल उपाध्यक्ष, प्रजेश श्रेष्ठ महासचिव, रजनी श्रेष्ठ कोषाध्यक्ष, सोनी श्रेष्ठ सहकोषाध्यक्ष तथा लिसा दली श्रेष्ठ र इश्वर महर्जन सचिव निर्वाचित भएका छन् । सदस्यहरुमा सुरोज मास्के, माधवलाल श्रेष्ठ, मन्दिरा मानन्धर, आस्था जोशी बटाजु, दिनेश तुलाधर, प्रतिमा जोशी, न्यूसन श्रेष्ठ, सुधांशु मल्ल, रमेश श्रेष्ठ, चरण प्रधान र वैकुण्ठ महर्जन छन् । अहिले रिक्त वेल्सबाट प्रतिनिधित्व गर्ने सचिव पछि मनोनित गरिनेछ ।

नवनिर्वाचित समितिका पदाधिकारीलाई प्रमुख निर्वाचन आयुक्त बालमुकुन्द जोशीले नेवारीमा र निर्वाचन आयुक्त राजेन्द्र श्रेष्ठले नेपालीमा शपथ गराएका थिए । निर्वाचन समितिमा कुमार श्रेष्ठ समेत आयुक्त थिए । उनीहरुलाई नेवारी परम्पराअनुसार टीका लगाएर अण्डा, माछासहितको सगुन दिंदै बधाई एवम् सफल कार्यकालको शुभकामना पनि दिइएको थियो ।

सो अवसरमा संस्थाका संस्थापक सदस्यहरु प्रमुख अतिथि पासा पुचः गुथि लन्डनका संस्थापक अध्यक्ष अमृत स्थापित, प्रमुख निर्वाचन आयुक्त बालमुकुन्द जोशी र अर्जुन प्रधान, पूर्व अध्यक्षहरु कुमार श्रेष्ठ, ओजेश सिंहलगायतले नयाँ कमिटीका पदाधिकारीलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।

नयाँ कार्यकालको लागि प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष सुशिल प्रजापतिले अगष्ट १६ मा लन्डन इन्द्रजात्रा, सेप्टेम्बर ६, १३ र १४ तारिखमा बेलायतमा अन्तरराष्ट्रिय नेवाः सम्मेलन, धिमे र धाः बाजा अर्केष्टा, साउथ इष्ट लन्डनमा नेवाः छें स्थापना, सन् २०२६ मा लन्डन बिस्काजात्रा लगायतका कार्यक्रम र योजना आफ्नो मूल प्राथमिकतामा रहने बताए । साथै, बेलायतभरका सबै शाखाका कार्यक्रमहरुलाई बोर्ड अफ ट्रष्टीका तर्फबाट सक्रियतापूर्वक साथ, सहयोग उपलब्ध गराउने वचनवद्धता उनले गरे ।

यसअघि अध्यक्ष प्रजापतिको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा विगतका गतिविधिबारे समीक्षा गर्दै नयाँ योजनाहरुबारे छलफल गरिएको थियो ।
सभाले गुथिका बेलायतमा रहेका सबै ६ वटा शाखा स्वायत्त रुपमा च्यारिटीमा दर्ता हुन पाउने प्रस्ताव पारित गरेको छ ।

त्यस क्रममा महासचिव नगेन्द्र श्रेष्ठले पेश गरेको प्रगति प्रतिवेदन तथो कोषाध्यक्ष रजनी श्रेष्ठको तर्फबाट च्यारिटी दर्ता समितिका सहसंयोजक सचिन श्रेष्ठले पश गरेको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।

सोही सत्रमा गुथिका सबै शाखा अध्यक्ष एवम् प्रतिनिधिहरुले विगत दुई वर्षको प्रगति प्रतिवेदन पेश गरेका थिए । साउथ इष्ट लन्डनबाट सुरोज मास्के, अल्डरसटबाट प्रजेश श्रेष्ठ, रेडिङबाट दिव्य महर्जन, लन्डनबाट ओजेश सिंह र स्कटल्यान्डबाट विजय डंगोलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register