झापामा सशस्त्रद्वरा १० महिनामा १० करोड ८० लाखको सामान बरामद

झापा, ९ जेठ । झापामा विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब ११ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि जेठ ७ गतेसम्मको अवधिमा रू १० करोड ८० लाख ६४ हजार छ सय ६४ बराबरको अवैध समान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका [...] The post झापामा सशस्त्रद्वरा १० महिनामा १० करोड ८० लाखको सामान बरामद appeared first on Jhapa Online.

May 23, 2025 - 03:34
 0
झापामा सशस्त्रद्वरा १० महिनामा १० करोड ८० लाखको सामान बरामद

झापा, ९ जेठ । झापामा विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब ११ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि जेठ ७ गतेसम्मको अवधिमा रू १० करोड ८० लाख ६४ हजार छ सय ६४ बराबरको अवैध समान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

झापाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्स लगायतका सामान बरामद गरी सम्बन्धित निकायमा दाखिला गरिसकिएको उहाँले बताउनुभयो ।

त्यस्तै, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप झापाका चार स्थानमा खनेपानी व्यवस्थापन, धार्मिक तथा पर्यटकीयस्थल सरसफाई तथा सरसफाई जन्य सामग्री वितरण, सीमाबासी लक्षित २० जना स्थानीय युवाहरुलाई सीपमूलक इलेक्ट्रिसियन तालिम सञ्चालन, सीमा क्षेत्रमा बसोबास गर्ने अतिविपन्न परिवारकी बुवाआमा गुमाएकी १० वर्षीया बालिका रानी ऋषिदेवलाई नेपाल एपिएफ स्कूल सप्तरीमा कक्षा–१२ सम्म अध्ययन छात्रावृति प्रदान, मेचीनगर र गौरीगञ्ज गरी दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति भण्डारीले जानकारी दिनुभयो ।

The post झापामा सशस्त्रद्वरा १० महिनामा १० करोड ८० लाखको सामान बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register