आजको राशिफल (२०८१ फागुन ११ गते आइतबार)

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । पढाइ कै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना छ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ । व्यापार,उद्योग तथा शेयर बजारमा गरिएको [...] The post आजको राशिफल (२०८१ फागुन ११ गते आइतबार) appeared first on Jhapa Online.

Feb 23, 2025 - 00:34
 0
आजको राशिफल (२०८१ फागुन ११ गते आइतबार)

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । पढाइ कै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना छ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ । व्यापार,उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग स–सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समयले साथ दिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो हुनेछ । काममा ढिला सुस्ती, बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ । न्यायिक निर्णयहरु तपाईंको विपक्षमा फैसला हुनेछन् ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयरबजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाडिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ति,तु,ते) गन्तव्यहिन यात्राले समस्या निम्तिन सक्छ, ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाव बढ्नेछ । प्रेममा मनमुटाव सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईंको पक्षमा निर्णय नआउन सक्छ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यापार तथा उद्योगको लगानी फस्टाएर जानेछ । बौद्धिकताको प्रयोग गरि धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न रहनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च वा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) विशिष्ट व्यक्तिहरुको विचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ । राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीको स्रोत बढाउन सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्यक्तित्वहरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शंका गर्नाले मनमुटाव बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

The post आजको राशिफल (२०८१ फागुन ११ गते आइतबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register