नागढुङ्गा-नौबीसे सडक पूर्णरुपमा बन्द गरी यसरी हुँदैछ निर्माण कार्य (तस्वीरहरू)

काठमाडौं । नागढुङ्गा–नौबीसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी आजदेखि निर्माण कार्य सुरु गरिएको छ । जेठ २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो । नागढुङ्गा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नुपरेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि […]

May 24, 2025 - 08:35
 0
नागढुङ्गा-नौबीसे सडक पूर्णरुपमा बन्द गरी यसरी हुँदैछ निर्माण कार्य (तस्वीरहरू)

काठमाडौं । नागढुङ्गा–नौबीसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी आजदेखि निर्माण कार्य सुरु गरिएको छ ।

जेठ २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।

नागढुङ्गा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नुपरेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजनाले अनुरोधसमेत गरेको छ ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबीसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

    

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register