शुक्रबार रातिदेखि अवरुद्ध कान्ति लोकपथ खुल्यो

हेटौँडा । शुक्रबार रातिदेखि अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक खुलेको छ । उक्त सडक शनिबार बिहान ७ बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि शुक्रबार रातिदेखि कान्ति लोकपथ […]

May 24, 2025 - 03:41
 0
शुक्रबार रातिदेखि अवरुद्ध कान्ति लोकपथ खुल्यो

हेटौँडा । शुक्रबार रातिदेखि अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक खुलेको छ ।

उक्त सडक शनिबार बिहान ७ बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि शुक्रबार रातिदेखि कान्ति लोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको थियो । अवरुद्ध सडक खुलेपछि सवारीसाधन आवतजावत हुन थालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register