भारतीय अभिनेता मुकुल देवको निधन

काठमाडौं । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए र हालसालै आईसीयूमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुकुल हिन्दी, पञ्जाबी र दक्षिणी फिल्मका साथै टेलिभिजन जगतमा पनि सक्रिय थिए । मुकुलले धेरै बलिउड फिल्ममा पनि […]

May 24, 2025 - 08:53
 0
भारतीय अभिनेता मुकुल देवको निधन

काठमाडौं । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ ।

उनी केही समयदेखि बिरामी थिए र हालसालै आईसीयूमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुकुल हिन्दी, पञ्जाबी र दक्षिणी फिल्मका साथै टेलिभिजन जगतमा पनि सक्रिय थिए । मुकुलले धेरै बलिउड फिल्ममा पनि काम गरे । उनले फिल्म ‘सन अफ सरदार’ मा टोनी सिंह सन्धुको भूमिका निभाएका थिए । यो भूमिकाबाट उनले विशेष पहिचान पाएका थिए । उनले ‘यमला पगला दीवाना’, ‘आर…राजकुमार’ र ‘जय हो’ जस्ता फिल्महरूमा पनि महत्त्वपूर्ण भूमिका खेले ।

मुकुलको जन्म १७ सेप्टेम्बर १९७० मा नयाँ दिल्लीको एक पञ्जाबी परिवारमा भएको थियो । उनले सन् १९९६ मा टिभी सिरियल ‘मुमकिन’बाट अभिनयमा डेब्यू गरेका थिए । यसमा उनले विजय पाण्डेको भूमिका निर्वाह गरेका थिए । उनी ‘एक से बधर एक’ शोमा पनि देखिएका थिए । उनी ‘फियर फ्याक्टर इन्डिया’को पहिलो सिजनको होस्ट पनि थिए ।

उनको फिल्म डेब्यू सन् १९९६ मा फिल्म ‘दस्तक’ बाट भएको थियो । यस फिल्ममा उनले एसीपी रोहित मल्होत्राको भूमिका निर्वाह गरेका थिए । पछि उनी ‘कहानी घर घर की’ र ‘कभी कभी प्यार कभी कभी यार’ लगायत धेरै फिल्म र टिभी कार्यक्रमहरूमा देखा परे । हिन्दीबाहेक उनले पञ्जाबी, बङ्गाली, मलयालम, कन्नड र तेलुगु भाषाका ६० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनी अन्तिम पटक सन् २०२२ मा फिल्म ‘एन्ट द एन्ड’ मा ठूलो पर्दामा देखिएका थिए । टिभीमा उनी सन् २०१८ को सिरियल ‘२१ सरफरोश’ मा गुल बादशाहको भूमिकामा देखिएका थिए । जबकि सन् २०२० मा उनी ओटीटीमा प्रसारित वेब श्रृङ्खला ‘स्टेट अफ सिज: २६/११’ मा देखिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register