लागूऔषधसहित १० जना पक्राउ

झापा, १० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टा झापाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ बर्षीय मोहन चौधरी र मेचीनगर-१५ [...] The post लागूऔषधसहित १० जना पक्राउ appeared first on Jhapa Online.

May 24, 2025 - 08:57
 0
लागूऔषधसहित १० जना पक्राउ

झापा, १० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टा झापाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ बर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ बर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागडी गाउँपालिका-६ का २० बर्षीय संतोष संकर र मोरङको केराबारी गाउँपालिका-५ का२१ बर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर फेलापारी दुबै जनालाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै लागू औषधको कारोबार गर्ने सुन्दर हरैँचा नगरपालिका-५ का २३ बर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ बर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ बर्षीय बिबस लिम्बु, बेलबारी नगरपालिका-११ का ३७ बर्षीय शिसिर राई र बेलबारी -११ की ३१ बर्षीया प्रमिला राई समेतलाई लागू औषध ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैया सहित पक्राउ गरेको हो ।

यसका साथै प्रहरी चौकी ६ नम्बर बुधबारे धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ बर्षीय मौषम लिम्बुलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्को स्थितबाट प्रतिबन्धीत औषधी TRACDOL-९०० चक्की र DIYSE-20-९०० चक्की सहित पक्राउ गरेको हो ।

The post लागूऔषधसहित १० जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register