पहिलो साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)का महासचिव पुरुषोत्तम कट्टेलले शनिबार दिएको जानकारीअनुसार प्रतियोगिताको स्वरूपबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि प्रतियोगिता भने हुने निश्चित भएको छ । साफको काठमाडौंमा सम्पन्न कंग्रेसले दक्षिण एसियाली फुटबलको स्तर बढाउनका लागि विभिन्न ११ वटा नयाँ […]

May 25, 2025 - 02:26
 0
पहिलो साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)का महासचिव पुरुषोत्तम कट्टेलले शनिबार दिएको जानकारीअनुसार प्रतियोगिताको स्वरूपबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि प्रतियोगिता भने हुने निश्चित भएको छ ।

साफको काठमाडौंमा सम्पन्न कंग्रेसले दक्षिण एसियाली फुटबलको स्तर बढाउनका लागि विभिन्न ११ वटा नयाँ प्रतियोगिताहरू प्रस्ताव गरेको छ । यी प्रतियोगिताहरूमा पुरुष र महिलाको फुटसलदेखि स्कुल स्तरका प्रतियोगिताहरूसमेत समावेश छन् । कंग्रेसमा दक्षिण एसियाका सातै देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register