व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाए

बिर्तामोड, ११ जेठ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाएका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले छुट्टा छुट्टै सामाजिक कार्यका लागि आर्थिक सहयोग गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा भट्टराईले आज ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेपाल [...] The post व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाए appeared first on Jhapa Online.

May 25, 2025 - 06:51
 0
व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाए

बिर्तामोड, ११ जेठ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाएका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले छुट्टा छुट्टै सामाजिक कार्यका लागि आर्थिक सहयोग गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा भट्टराईले आज ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष , नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रिय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघ को बिशिष्ट सदस्य समेत रहेका भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भट्टराईले रकम हस्तानतरण गर्दै हरेक वर्ष राहत कोषमा योगदान पुर्याउने बताउंदै कोषमा १ करोड नपुगुञ्जेलसम्म आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

अहिलेसम्म कोषमा १८ लाखभन्दा बढी रकम जम्मा भइसकेको छ । संघका अध्यक्ष न्यौपानेले कोषमा ५० लाख पुगेपछि मात्रै प्राकृतिक विपत्ति वा अन्य घटनाबाट पीडित व्यवसायीलाई राहत वितरण सुरु गरिने बताए ।

वाणिज्य सङ्घले भट्टराईसँगै उनकी धर्मपत्नी सुमित्रा बस्नेत भट्टराई कार्यक्रममा प्रशंसापत्रसहित सम्मान समेत गरेको छ ।

स्वच्छ समाजलाई आर्थिक सहयोग
स्वच्छ समाजका लागि सामाजिक अभियानलाई समेत आर्थिक समाजसेवी भट्टराईले सहयोग गरेका छन् । उनले अभियानका संयोजक गणेश ढुङ्गाना तथा वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापालाई नगद २५००० सहयोग प्रदान गरेका हुन्।

स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाको अर्जुनधारा ११ मा दिनदुखी तथा गरिब असहायहरु राख्ने आश्रम निमार्ण गर्ने उदेश्यले दुई कठ्ठा सातधुर जग्गा खरिद गरेको छ। उक्त जग्गाको रकम अझै पनि तिर्न बाँकी रहेको अभियानका संयोजक ढुङ्गानाले बताए ।

एक दशक बढी समयदेखि ढुंगानाले सहर बजारमा फ्याकिएका फोहोर तथा प्लास्टिकहरु संकलन गरेर अनाथलय निर्माणका लागि लागि परिरहेका छन् ।
उनको अभियानलाई सानो भएपनि सहयोग गरिएको भट्टराईले बताए । उनले एक धुर बराबरको ७० हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

वोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग
त्यस्तै, व्यवसायी भट्टराईले बिर्तामोड ५ स्थित त्रिवेणी टोलका वोनम्यारो पीडित चार वर्षीय बालकलाई समेत आर्थिक सहयोग गरेका छन्।

विगत चार वर्षदेखि वोनम्यारो क्यान्सरबाट पीडित बनेका मुकेश ठाकुरका छोरा उज्ज्वल लाई आज उनकै घरमा पुगेर भट्टराई दम्पत्तीले नगद २५ हजार सहित चामल तेल चिउरा लगायतका सामग्री प्रदान गरेका हुन् ।

पाँचधुर जग्गामा सानो छाप्रोमा बस्दै आएका ठाकुर परिवारको अवस्था दयनीय छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको दक्षिणपट्टि सैलुन चलाएर दैनिक जीविका चलाइरहेका ठाकुरको छोरालाई आर्थिक अभावकै कारणले अहिले उपचारमा समस्या भइरहेको छ ।

उनको उपचारमा थोरै भए पनि सहयोग गर्ने हेतुले आफूले सानो सहयोग गरेको भट्टराईको भनाइ छ ।
उनले जन्मदिनमा गरिने विभिन्न फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा खर्च गरिएको बताए ।

यसअघि पनि समाजसेवी भट्टराईले उनीसहित उनको परिवारको जन्मदिनमा विभिन्न दिनदुखी असाहय, अशक्तहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

The post व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register