कांग्रेसलाई बलियो बनाउन आफैँबाट शुरुवात गर्नुपर्छ : नेता गच्छदार
झापा, १४ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै नेता–कार्यकर्ताले आफैँबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागको आयोजना बिर्तामोडमा आयोजित प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता गच्छदारले अरुलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुट–उपगुट समाप्त पारेर एकजुट होऔं, [...] The post कांग्रेसलाई बलियो बनाउन आफैँबाट शुरुवात गर्नुपर्छ : नेता गच्छदार appeared first on Jhapa Online.

झापा, १४ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै नेता–कार्यकर्ताले आफैँबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागको आयोजना बिर्तामोडमा आयोजित प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता गच्छदारले अरुलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुट–उपगुट समाप्त पारेर एकजुट होऔं, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन ।’
केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुहुँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताउनुभयो । “सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन”, उहाँले भन्नुभयो, “प्रशिक्षणमा सिकेको सिप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा–टोलसम्म पु¥याउन पर्छ ।”
कार्यक्रमका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कार्यकर्ता प्रशिक्षित नहुँदा विपक्षीले गरेको आलोचनालाई पत्याइदिनुपर्ने बाध्यता रहेको बताउनुभयो । पार्टीकी केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिनुहुँदै पार्टीले गरेका कामको व्यापक प्रचार गर्न आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य सुशीला ढकाल आचार्यले कांग्रेसले हिजो के ग¥यो ? आज के गर्दैछ र भोलि के गर्छ ? भन्ने कुरा सबै जनतामाझ पु¥याउन प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश उपसभापति एवम् प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजंग रायमाझीले १४ वटै जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिदै प्रशिक्षक उत्पादन गरेर वडातहसम्म प्रशिक्षण पु¥याउने लक्ष रहेको बताउनुभयो ।
नेपाली कांग्रेस झापा प्रशिक्षण विभागका संयोजक केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पार्टीका प्रदेश सभापति उद्वव थापा, झापाका सभापति देउकुमार थेवे लगायतले मन्तव्य राख्नुभएको थियो ।
कांग्रेस झापाको व्यवस्थापन एवम् पार्टीको झापा प्रशिक्षण विभागको संयोजनमा भएको कार्यक्रममा पार्टीका सूचना तथा सञ्चार विभाग प्रमुख मिन विश्वकर्मा, महिला विभाग प्रमुख पुष्पा भुषाल, विरेन्द्र शाहले नेपाली कांग्रेसको इतिहास र सांगठनिक संरचना, समसामयिक राजनीतिक सवालहरु र सकारात्मक सोच, धारणामा परिवर्तन लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।
The post कांग्रेसलाई बलियो बनाउन आफैँबाट शुरुवात गर्नुपर्छ : नेता गच्छदार appeared first on Jhapa Online.
What's Your Reaction?






