मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक : घटाइयो सेयर धितोकर्जामा जोखिम भार

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा आइतबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु वर्षका लागि अन्तिम समीक्षा गरेको हो । समीक्षाबाट सेयर धितोकर्जामा जोखिम भार घटाएको छ । ‘विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाइ १०० प्रतिशत कायम गरिने छ’, बैंकले भनेको छ । अहिले संस्थागत लगानीकर्तालाई कर्जामा सीमा नभए […]

May 25, 2025 - 15:41
 0
मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक : घटाइयो सेयर धितोकर्जामा जोखिम भार

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा आइतबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु वर्षका लागि अन्तिम समीक्षा गरेको हो ।

समीक्षाबाट सेयर धितोकर्जामा जोखिम भार घटाएको छ । ‘विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाइ १०० प्रतिशत कायम गरिने छ’, बैंकले भनेको छ ।

अहिले संस्थागत लगानीकर्तालाई कर्जामा सीमा नभए पनि व्यक्तिगततर्फ २० करोड रुपैयाँको सीमा ताेकिएको छ । घटेको जोखिम भारले संस्थागत र व्यक्तिगत दुवैलाई काम गर्ने सराेकारवालाहरूकाे भनाइ छ ।

यसले बैंक तथा वित्तिय संस्थामा थुप्रिएको पैसा सेयर बजारमा जाने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register