अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउन रास्वपा नेताहरू छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउना रास्वापा नेताहरु छलफलमा जुटेका छन् । काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेको एक सचिवालय नेताले जानकारी दिए । ती नेताका अनुसार अबको रणनीतिबारे योजना बनाउनेगरी नेताहरू छलफलमा जुटेका हुन् । रास्वपाले शनिबार चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको […]

Apr 4, 2025 - 15:37
 0
अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउन रास्वपा नेताहरू छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउना रास्वापा नेताहरु छलफलमा जुटेका छन् ।

काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेको एक सचिवालय नेताले जानकारी दिए । ती नेताका अनुसार अबको रणनीतिबारे योजना बनाउनेगरी नेताहरू छलफलमा जुटेका हुन् ।

रास्वपाले शनिबार चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । सभापति लामिछानेले सो  सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको  थियो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश   गरेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register