ओली र देउवाबीच भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल

काठकाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा गृहमन्त्री रमेश लेखकसमेत शंकाको घेरामा परेको भिजिट भिसा प्रकरणलगायत समसामयिक विषयमा छलफल भएको छ । बालुवाटारमा आइतबार साँझ भेटवार्तामा जेठ १५ गते हुन गइरहेको राजसंस्था पक्षधरको आन्दोलन, बजेट निर्माणलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले नेपालभ्युजलाई जानकारी दियो । नेकपा एमालेका अध्यक्षसमेत […]

May 25, 2025 - 16:50
 0
ओली र देउवाबीच भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल

काठकाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा गृहमन्त्री रमेश लेखकसमेत शंकाको घेरामा परेको भिजिट भिसा प्रकरणलगायत समसामयिक विषयमा छलफल भएको छ ।

बालुवाटारमा आइतबार साँझ भेटवार्तामा जेठ १५ गते हुन गइरहेको राजसंस्था पक्षधरको आन्दोलन, बजेट निर्माणलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले नेपालभ्युजलाई जानकारी दियो ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको छलफलमा दुवै दलका अरु नेताहरू पनि सहभागी थिए ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी थिए ।

यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register