राप्रपाले बहिष्कार गर्‍यो संसद् बैठक

काठमाडौं । संसद्‌मा बजेटमाथि छलफल चलिरहेको बेलामा राप्रपाका सांसदहरु बैठक बहिष्कार गरेर बाहिरिएका छन् । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आफ्नो मत राखिरहेको बेलामा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदहरु बाहिरिएका हुन् । बहुमतको दम्भ देखाएर संसद् चलाएपछि बैठक बहिष्कार गरेको राप्रपाकी सचेतक विना लामाले बताइन् । “उभिएर बैठक विरोध गरेपछि संसद् नचलाइने परम्परा छ […]

Jun 15, 2025 - 08:59
 0
राप्रपाले बहिष्कार गर्‍यो संसद् बैठक

काठमाडौं । संसद्‌मा बजेटमाथि छलफल चलिरहेको बेलामा राप्रपाका सांसदहरु बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आफ्नो मत राखिरहेको बेलामा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदहरु बाहिरिएका हुन् ।

बहुमतको दम्भ देखाएर संसद् चलाएपछि बैठक बहिष्कार गरेको राप्रपाकी सचेतक विना लामाले बताइन् । “उभिएर बैठक विरोध गरेपछि संसद् नचलाइने परम्परा छ । तर, बहुमतको आधारमा दम्भ देखाएर संसद् चलाइयो । त्यही भएर बहिस्कार गरेका हौँ,” उनले भनिन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरुले बैठकमा विरोध जनाउँदै आएका छन् । यता, रास्वपा सांसदहरु भने वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register