शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई स्वागत गरेको छ । आइतबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिएका हुन् । त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम […]

Jun 15, 2025 - 08:41
 0
शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई स्वागत गरेको छ ।

आइतबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिएका हुन् ।

त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जितिन् ।

पुरुष ५५ केजी तौलसमूहमा सरद सुवालले रजत तथा पुरुष स्पोट्स फिजिक १७५ सेन्टीमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोट्स फिजिक १७५ सेन्टीमिटर माथि प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे ।

स्वागत कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकोमा खेलाडीलाई बधाई दिए ।

उनले भने, ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो’ ।

शारीरिक सुगठन महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।

टोलीसँगै अफिसियलका रुपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजनाबारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।

व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register