एसिया गोजुरियो करातेमा नेपालले जित्यो तीन स्वर्ण

काठमाडौं । यही जेठ १० र ११ गते श्रीलंकाको कोलम्बोमा सम्पन्न नवाैं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालबाट गएका खेलाडीहरूले तीनवटा स्वर्ण पदक जितेका छन् । एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते । यस्तै करिना पुरीले सिनियर कुमुते –५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनीषा रानाभाटले […]

May 26, 2025 - 13:13
 0
एसिया गोजुरियो करातेमा नेपालले जित्यो तीन स्वर्ण

काठमाडौं । यही जेठ १० र ११ गते श्रीलंकाको कोलम्बोमा सम्पन्न नवाैं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालबाट गएका खेलाडीहरूले तीनवटा स्वर्ण पदक जितेका छन् ।

एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते । यस्तै करिना पुरीले सिनियर कुमुते –५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनीषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् ।

खेलाडीहरूजस्तै रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो । नेपालबाट गएका सबै रेफ्रीले रेफ्री परीक्षा पास गर्न सफल भए । सहभागी रेफ्रीहरूमा करिना, मनीषा, तिलु राना, सन्दीप थापा र मानबहादुर भर्ताल रहेका छन् ।

यो प्रतियोगितामा नेपालबाट रवि शाहीको नेतृत्वमा खेलाडी र रेफ्रीहरूको टोली सहभागी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register