राजाकै पालामा असुलिन्थ्यो सेयर कारोबारमा १० प्रतिशत कर, लगानीकर्ता भन्छन्- ‘अन्तिम मानिए समस्या छैन’

काठमाडौँ । यतिबेला सेयर कारोबारमा सरकारले कर बढाउन लागेको विषय चर्चामा छ । हाल अल्पकालीन कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन कारोबारमा ५ प्रतिशत लगाईदै आएको कर सरकारले १० प्रतिशतसम्म पुर्याउन लागेको चर्चाले सेयर बजारमा ठाउँ पाएको छ । तर यस्तो कर राजाकै पालामा पनि १० प्रतिशतसम्म रहेको पाइएको छ । २०५८ मै सेयर कारोबारमा १० […]

May 27, 2025 - 06:16
 0
राजाकै पालामा असुलिन्थ्यो सेयर कारोबारमा १० प्रतिशत कर, लगानीकर्ता भन्छन्- ‘अन्तिम मानिए समस्या छैन’

काठमाडौँ । यतिबेला सेयर कारोबारमा सरकारले कर बढाउन लागेको विषय चर्चामा छ । हाल अल्पकालीन कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन कारोबारमा ५ प्रतिशत लगाईदै आएको कर सरकारले १० प्रतिशतसम्म पुर्याउन लागेको चर्चाले सेयर बजारमा ठाउँ पाएको छ । तर यस्तो कर राजाकै पालामा पनि १० प्रतिशतसम्म रहेको पाइएको छ ।

२०५८ मै सेयर कारोबारमा १० प्रतिशत कर लिने गरी कानुनी व्यवस्था गरिएको दस्तावेज यतिबेला ‘भाइरल’ बनेको छ । २०५८ मै भएको सो व्यवस्था पछि संसोधन गरिएको र पटक पटक संसोधन गरेपछि अहिलेको व्यवस्था रहेको पाइएको हो ।

‘अन्तिम मानिए समस्या छैन’ : लगानीकर्ता

यता सेयर लगानीकर्ताहरुले भने सो करलाई नै अन्तिम कर मानिए कमाईमा १० प्रतिशत कर ठुलो कुरा नरहेको बताएका छन् । चर्चित सेयर विश्लेषक सिए मनिष अर्यालको तर्क छ- ‘धेरै बहस गर्नु पर्ने नै छैन ।मेरो कमाइको १०% सरकारलाइ बुझाउन कुनै समस्या नै होइन । पहिला पनि त्यो नियम रहेछ । यो अन्तिम कर पनि हो । लेख्न मात्र छुटेको हो ।’

यद्यपी सरकारले सेयर कारोबारमा कर थप्न लागेको विषयले नेपाली सेयर बजार प्रभावित भएको छ । फलस्वरुप नेपाल राष्ट्र बैंकले सेयर कर्जामा जोखिमभार घटाउँदा पनि सेयर बजार सो निर्णयको भोलिपल्ट घटेर बन्द भएको थियो । त्यसका केहि कारणहरुमध्ये सेयर कारोबारमा बढ्न लागेको करलाई पनि लिईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register