नेप्सेको सिइओका लागि ५ जनाको नाम सर्ट लिस्ट, नेप्से सुधार्न नसकेका कृष्ण कार्की लिस्टमै परेनन्, अन्य को-को परे ? 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन दिएका पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा परेको छ । सिइओ छनौट समितले ‘सर्ट लिस्ट’मा परेका पाँच जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।  ‘सर्ट लिस्ट’मा पर्नेहरुमा चुडामणि चापागाईं, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । नेप्सेको सिइओका […]

Mar 16, 2025 - 03:05
 0
नेप्सेको सिइओका लागि ५ जनाको नाम सर्ट लिस्ट, नेप्से सुधार्न नसकेका कृष्ण कार्की लिस्टमै परेनन्, अन्य को-को परे ? 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि आवेदन दिएका पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा परेको छ । सिइओ छनौट समितले ‘सर्ट लिस्ट’मा परेका पाँच जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । 

‘सर्ट लिस्ट’मा पर्नेहरुमा चुडामणि चापागाईं, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।

नेप्सेको सिइओका लागि आवेदन दिएका नेप्सेकै सिइओ कृष्णबहादुर कार्की, युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी र मुकुन्दराज जोशी भने ‘सर्ट लिस्ट’मा परेनन् । 

‘सर्ट लिस्ट’मा परेकाहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता चैत ६ गते (बुधबार) अर्थ मन्त्रालयमा हुनेछ । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सिइओ सिफारिसका लागि समितिले सिफारिस गर्नेछ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई नेप्सेको सिइओ नियुक्त गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register