रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा, भिजिट भिसा प्रकरणमा छानबिन नहुने भए संसद् चल्न नदिने अडान ! 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजिनामा मागेको छ । मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै संसद्मा अवरोध गर्दै रास्वपाले गृहमन्त्रीको राजिनामा मागेको हो । संसद्मा बोल्दै रास्वपाका सांसद सन्तोष परियारले गृहमन्त्रीको राजिनामा मागेका छन् ।  उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारी नभएर गृहमन्त्रीले नै घुस मागेको विषयमा सामान्य नभएको भन्दै तत्काल […]

May 27, 2025 - 07:10
 0
रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा, भिजिट भिसा प्रकरणमा छानबिन नहुने भए संसद् चल्न नदिने अडान ! 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजिनामा मागेको छ । मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै संसद्मा अवरोध गर्दै रास्वपाले गृहमन्त्रीको राजिनामा मागेको हो ।

संसद्मा बोल्दै रास्वपाका सांसद सन्तोष परियारले गृहमन्त्रीको राजिनामा मागेका छन् । 

उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारी नभएर गृहमन्त्रीले नै घुस मागेको विषयमा सामान्य नभएको भन्दै तत्काल पदबाट राजिनामा दिन गृहमन्त्रीलाई आग्रहसमेत गरेका छन् । सँगै उनले गृहमन्त्रीमाथि छानबिन गर्न पनि सरकारसँग माग गरेका हुन् । 

उनले गृहमन्त्रीको राजिनामा र छानबिनको टुंगो नलाग्दासम्म संसद् चल्न नदिने बताएका छन् । संसद् सुरु भएलगत्तै रास्वपासहित प्रतिपक्ष दलले संसद्मा अवरोध गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register