पीएन क्याम्पसमा अनेरास्ववियुले विरासत जोगायो, क्रान्तिकारी चौथोमा सीमित
काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले विरासत जोगाएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ६०२ मतको भारी अन्तरले विजयी भएका छन् । उनले एक हजार १०५ मत ल्याएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसनिकट नेविसङ्घका सुशील न्यौपानेले ५०३ मत ल्याए । यस्तै तेस्रो स्थानमा […]

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले विरासत जोगाएको छ ।
स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ६०२ मतको भारी अन्तरले विजयी भएका छन् । उनले एक हजार १०५ मत ल्याएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसनिकट नेविसङ्घका सुशील न्यौपानेले ५०३ मत ल्याए ।
यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपाने रहँदा नेकपा माओवादी केन्द्रनिकट अखि क्रान्तिकारी भने चौथो स्थानमा सीमित रहेको छ । न्यौपानेले ४६९ तथा क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत मात्र ल्याए ।
What's Your Reaction?






