टुच्च बढ्यो नेप्से

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक टुच्च बढेको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

May 27, 2025 - 10:49
 0
टुच्च बढ्यो नेप्से

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक टुच्च बढेको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार यूनिभर्सल पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्टसहित आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register