पत्रकार महासंघ झापाले बुझायो भद्रपुर नगरपालिकामा ज्ञापन

भद्रपुर, १३ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई महासंघका झापा सचिव राजु पाठकको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख पोखरेलले नगरका तर्फबाट गर्न सकिने कामहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, कार्यसमिति [...] The post पत्रकार महासंघ झापाले बुझायो भद्रपुर नगरपालिकामा ज्ञापन appeared first on Jhapa Online.

May 27, 2025 - 11:05
 0
पत्रकार महासंघ झापाले बुझायो भद्रपुर नगरपालिकामा ज्ञापन

भद्रपुर, १३ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई महासंघका झापा सचिव राजु पाठकको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख पोखरेलले नगरका तर्फबाट गर्न सकिने कामहरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, कार्यसमिति सदस्यहरु सन्तोष शर्मा, द्रोण अधिकारी, इशा प्रधानसहितको टोलील बुझाएको ज्ञापन पत्रमा पालिकामा सञ्चार सम्बन्धी आवश्यक नीति तथा सबै कानूनहरु सञ्चारमैत्री रुपमा निर्माण गरी एक वर्षभित्रमा कार्यान्वयन गर्नुपर्ने, सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि स्थानीय सूचना तथा विज्ञापन, लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय (जिल्लाभित्रका) सञ्चारमाध्यमलाई उपलब्ध गराउनु पर्ने, पालिकामा रहेका सबै सञ्चारकर्मीको यसै वर्षबाट वार्षिक नवीकरण हुने गरी स्वास्थ्य बीमा गरिदिनु पर्ने, पत्रकारको सीप, क्षमता विकास तथा मिडिया साक्षरताका लागि पर्याप्त बजेट विनियोजनका गरिदिनु पर्ने माग राखिएको छ ।

पछिल्लो समय झापाका केही पालिकाले स्थानीय सञ्चार नीति निर्माण गरी पालिका भित्रका सञ्चार सस्थालाई मात्र बिज्ञापन र सेवासुविधा दिँदै आएका छन् । झापामा रहेका १५ वटै पालिकालाई झापाभित्र रहेका सवै सञ्चार संस्था र पत्रकारहरु स्थानीय हुने खालको सञ्चार नीति निर्माण गरी लागू गर्नु पर्नेलगायतका मागसहित १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान सञ्चालन गरेको छ ।

त्यसैगरी सञ्चारकर्मीको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, पत्रकार महासंघको भौतिक विकास तथा सञ्चार उपकरण खरिदमा आवश्यक सहयोग प्रदान गरिदिनु पर्ने र स्थानीय सरकारका असल अभ्यास तथा विकासका महत्वपूर्ण कामहरु बारे खोजमूलक अध्ययन र लेखनवृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनको मागसहित महासंघले ज्ञापनपत्र बुझाएको हो ।

The post पत्रकार महासंघ झापाले बुझायो भद्रपुर नगरपालिकामा ज्ञापन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register