मानवअधिकार आयोगसँग रुष्ट प्रधानमन्त्री ओली : वार्षिकोत्सवमा आफू गएनन्, अरुलाई पठाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सव कार्यक्रम ‘बहिस्कार’ गरेका छन् । प्रधानमन्त्रीको इच्छाअनुसार नै आयोगले मंगलबार बिहान साढे ११ बजे मानवअधिकार आयोगको कार्यालयस्थित हलमा २५औँ वार्षिकोउत्साव कार्यक्रम तय गरेको थियो । तर, प्रधानमन्त्री ओली मंगलबार कार्यक्रममा आफू मात्र नआएका होइनन्, सरकारका प्रतिनिधि नै पठाएनन् । आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले यसअघि पनि […]

May 27, 2025 - 11:10
 0
मानवअधिकार आयोगसँग रुष्ट प्रधानमन्त्री ओली : वार्षिकोत्सवमा आफू गएनन्, अरुलाई पठाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सव कार्यक्रम ‘बहिस्कार’ गरेका छन् । प्रधानमन्त्रीको इच्छाअनुसार नै आयोगले मंगलबार बिहान साढे ११ बजे मानवअधिकार आयोगको कार्यालयस्थित हलमा २५औँ वार्षिकोउत्साव कार्यक्रम तय गरेको थियो । तर, प्रधानमन्त्री ओली मंगलबार कार्यक्रममा आफू मात्र नआएका होइनन्, सरकारका प्रतिनिधि नै पठाएनन् ।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले यसअघि पनि आयोगको वार्षिक कार्यक्रममा प्रधानमन्त्री नआएको घटना भए पनि त्यसबेला सरकारका प्रतिनिधि भने आउने गरेको बताए । तर, योपटक आयोगको कार्यक्रममा सरकारको पूरै बहिस्कार रह्यो ।

प्रधानमन्त्री ओली यसरी आफैँले भनेअनुसार तय भएको कार्यक्रममा नजानुका पछाडिको कारण आयोगले सोमबार जारी गरेको एक विज्ञप्ति हो । प्रधानमन्त्री ओलीले बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडा अध्यक्षको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए । उनको सो भड्काउ अभिव्यक्तिको सवत्र आलोचना भयो, मानवअधिकार आयोगले पनि यस्ता अभिव्यक्ति नदिन निर्देशन नै दियो । त्यसपछि आयोगसँग रिसाएका प्रधानमन्त्रीले कार्यक्रम नै ‘बहिस्कार’ गरिदिए ।

तर, प्रधानमन्त्रीको सचिवालय भने प्रधानमन्त्री ढिला उठेकाले कार्यक्रममा नगएको बताएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजाईंले नेपालभ्युजसँग भने, ‘हिजो बेलुका ढिलोसम्म प्रधानमन्त्रीको भेटघाट कार्यक्रम थियो । उहाँहरू (आयोग) ले बिहानै कार्यक्रम राख्नुभएछ ।’ उनले ‘बिहानै’ भने पनि कार्यक्रम भने साढे ११ बजे भएको हो । प्रधानमन्त्रीको सचिवालयले आयोगलाई करिब डेढ घण्टाअघि मात्र प्रधानमन्त्री कार्यक्रममा सहभागी नहुने जानकारी गराएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register