ट्रम्पले गरे मस्कको बचाउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति इलोन मस्कको बचाउ गरेका छन् । डेमोक्र्याटिक पार्टीले मस्कमाथि विभिन्न आरोप लगाइरहेको बेलामा ट्रम्प नै बचाउमा उत्रिएका हुन् । उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र कुनै स्वार्थी मनसाय नभएको बताएका छन् । यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनको सुझावले मस्कलाई फाइदा पुग्ने आरोप लगाएको […]

Feb 10, 2025 - 05:27
 0
ट्रम्पले गरे मस्कको बचाउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति इलोन मस्कको बचाउ गरेका छन् ।

डेमोक्र्याटिक पार्टीले मस्कमाथि विभिन्न आरोप लगाइरहेको बेलामा ट्रम्प नै बचाउमा उत्रिएका हुन् ।

उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र कुनै स्वार्थी मनसाय नभएको बताएका छन् ।

यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनको सुझावले मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो ।

मस्कको बचाउमा आउँदै ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजसँग भने, “उनी (मस्क) ले यसबाट केही पाउँदैनन् । वास्तवमा उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म छक्क पर्छु ।”

ट्रम्पले थपे, “मस्कको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ । यो काम आगामी ‘२४ घण्टा’ भित्र सम्पन्न हुनसक्ने सम्भावना छ । हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौँ । मानिसहरूले मलाई यही कारणले रोजेका छन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register