१३१ बोतल लागुऔषधसहित एक जना पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा–१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ परेका छन् । उनी मंगलबार विहान करिब पौने १० बजे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई डेराकोठामा फेला पारेर खानतलासी गर्ने क्रममा दराजभित्र झोलामा लुकाइराखेको अवस्थामा लागुऔषध अनरेक्स १ सय ३१ बोतल फेला […]

May 27, 2025 - 13:21
 0
१३१ बोतल लागुऔषधसहित एक जना पक्राउ
हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका वडा–१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ परेका छन् । उनी मंगलबार विहान करिब पौने १० बजे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई डेराकोठामा फेला पारेर खानतलासी गर्ने क्रममा दराजभित्र झोलामा लुकाइराखेको अवस्थामा लागुऔषध अनरेक्स १ सय ३१ बोतल फेला परेको हो ।

उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्धामा ५ दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register