प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

काठमाडौं । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार विराटनगरमा सम्पन्न भएको छ ।  अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा अशोक पौडेल निर्वाचित भएका छन भने समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिएकी छिन । यसै गरी सचिवमा नवराज भट्टराई निर्वाचित हुँदा खुल्ला सहसचिवमा कृष्णचन्द्र सुवेदी निर्वाचित भए भने […]

Jan 26, 2025 - 08:07
 0
प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

काठमाडौं ।

प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार विराटनगरमा सम्पन्न भएको छ । 

अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा अशोक पौडेल निर्वाचित भएका छन भने समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिएकी छिन ।

यसै गरी सचिवमा नवराज भट्टराई निर्वाचित हुँदा खुल्ला सहसचिवमा कृष्णचन्द्र सुवेदी निर्वाचित भए भने समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा भने पुण्यप्रसाद अधिकारी चुनिएका छन ।

सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, सिसिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कूलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई निर्वाचित भएको जनाइएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको अधिवेशनमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register