‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन-२ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ । सिजनको सुरुवात असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८:३० बजे SPACE4K टेलिभिजन तथा DOKO युट्युब च्यानलमार्फत प्रसारण हुनेछ । करिब तीन वर्षको अन्तरालपछि […]

May 28, 2025 - 09:25
 0
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन-२ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ ।

सिजनको सुरुवात असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८:३० बजे SPACE4K टेलिभिजन तथा DOKO युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।

करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुनेछ भन्ने नोबडी प्रोडक्शनको दाबी छ । निर्णायक मण्डलमा दीप श्रेष्ठसहित नयाँ पुस्ताले मन पराएका सुबानी मोक्तान र स्वप्न सुमनजस्ता चर्चित गायकहरू रहनेछन् । साथै, दश जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन् । कार्यक्रमको सञ्चालन चर्चित हास्यकलाकार सुमन काकीले गर्नेछन् ।

‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ मा ३१ एपिसोड रहनेछन्, जसमा पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकहरूलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ । नेपाल मात्र हैन, विश्वभर छरिएका नेपाली समुदायका लागि पनि यो कार्यक्रम प्रसारित हुनेछ । अमेरिका,  अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशहरूमा रहेका दर्शकहरूले कार्यक्रम हेर्न, प्रतिस्पर्धीसँग जोडिन सक्नेछन् । यसले कार्यक्रममा अन्तरक्रियात्मकता र समावेशिता थप्ने अपेक्षा गरिएको छ ।

वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, ‘‘‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्ने मात्र होइन, राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्दछन् । यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ ।”

उनले वर्ल्डलिंकले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्‍याउन र प्रतिभालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register