गणतन्त्रप्रति जनताको असन्तुष्टिबारे कोशीका नेताको प्रतिरक्षा : व्यवस्था होइन, बेथितिमाथि प्रश्न हो

इटहरी । पछिल्लो समय वर्तमान व्यवस्थाको विरोध गर्नेहरूको जमात बढ्दै गएको छ । खर्चिलो प्रणाली, राजनीतिक नेतृत्व नै अनियमिततामा दिनानुदिन मुछिँदै गएपछि जनताले सडक आन्दोलनबाट ल्याएको व्यवस्था त्यसैगरी गुम्नसक्ने खतरासमेत उस्तै रहेको छ । यसैबीच कोशी प्रदेशका केही नेता तथा बद्धिजिवीले यसबारे आफ्नो धारणा राख्दै व्यवस्थामाथि नभएर बेथितिमाथि प्रश्न उठेको भन्दै प्रतिरक्षा गरेका छन् । […]

May 29, 2025 - 09:14
 0
गणतन्त्रप्रति जनताको असन्तुष्टिबारे कोशीका नेताको प्रतिरक्षा : व्यवस्था होइन, बेथितिमाथि प्रश्न हो

इटहरी । पछिल्लो समय वर्तमान व्यवस्थाको विरोध गर्नेहरूको जमात बढ्दै गएको छ ।

खर्चिलो प्रणाली, राजनीतिक नेतृत्व नै अनियमिततामा दिनानुदिन मुछिँदै गएपछि जनताले सडक आन्दोलनबाट ल्याएको व्यवस्था त्यसैगरी गुम्नसक्ने खतरासमेत उस्तै रहेको छ । यसैबीच कोशी प्रदेशका केही नेता तथा बद्धिजिवीले यसबारे आफ्नो धारणा राख्दै व्यवस्थामाथि नभएर बेथितिमाथि प्रश्न उठेको भन्दै प्रतिरक्षा गरेका छन् ।

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशको दिगो विकासका लागि मानव संसाधनको विकास अपरिहार्य रहेकोमा जोड दिँदै समग्र विकासको आधार मानवीय पक्ष स्पष्ट रहेको बताए ।

कार्कीले गणतन्त्रले नागरिकलाई आफूलाई चिनाउने अवसर दिएको उल्लेख गर्दै अनुशासनमा राख्न सकेमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए ।

त्यस्तै, शिक्षासेवी प्रज्वल पराजुली नेपालभन्दा साना देश पनि संघीयतामा सफल भएको तर्क गर्दै नेताहरूले व्यवस्थापनमा कमजोरी देखाएको बताउँछन् ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्रले नेपाली जनताको लामो संघर्ष र बलिदानीको मूल्यमा प्राप्त भएको संविधानमार्फत जनता स्वयं सत्ताको स्रोत भएको व्यवस्था सुनिश्चित गरेको उल्लेख गरे ।

उनले अहिलेको संविधान र प्रणालीलाई कमजोर पार्ने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नागरिकको चाहना र जनादेशअनुसार काम गर्न सबैलाई आह्वान समेत गरेका छन् ।

आज जेठ १५ गते देशभर १८ औं गणतन्त्र दिवस मनाइँदैछ । २०६२/६३ सालको जनआन्दोलनपछि नेपालले सदियौंदेखिको राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभा बैठकबाट गणतन्त्रको औपचारिक घोषणा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register