विश्नोई समूहका ‘शार्प सुटर’ इन्काउन्टरमा मारिए

काठमाडौं । भारतीय प्रहरीले लरेन्स विश्नोई गिरोहका शार्प सुटर’ नवीन कुमार बुधबार एक ‘इन्काउन्टर’मा मारिएको दाबी गरेको छ । उत्तर प्रदेश प्रहरीका अनुसार बुधबार राति यूपी एसटीएफ र दिल्ली प्रहरीको विशेष सेलको संयुक्त अपरेसन सञ्चालन गरिएको थियो । यो मुठभेड गाजियाबाद नजिकै हापुरको कोतवाली क्षेत्रमा भएको हो । यूपी प्रहरीले जारी गरेको विज्ञप्तिमा मृतक गाजियाबादको […]

May 29, 2025 - 09:41
 0
विश्नोई समूहका ‘शार्प सुटर’ इन्काउन्टरमा मारिए

काठमाडौं । भारतीय प्रहरीले लरेन्स विश्नोई गिरोहका शार्प सुटर’ नवीन कुमार बुधबार एक ‘इन्काउन्टर’मा मारिएको दाबी गरेको छ ।

उत्तर प्रदेश प्रहरीका अनुसार बुधबार राति यूपी एसटीएफ र दिल्ली प्रहरीको विशेष सेलको संयुक्त अपरेसन सञ्चालन गरिएको थियो । यो मुठभेड गाजियाबाद नजिकै हापुरको कोतवाली क्षेत्रमा भएको हो ।

यूपी प्रहरीले जारी गरेको विज्ञप्तिमा मृतक गाजियाबादको लोनीका बासिन्दा भएको बताइएको छ । अभियुक्तविरुद्ध लगभग २० वटा मुद्दा विचाराधीन थिए । यसमा हत्यालगायत मुद्दा समावेश छन् ।

यूपी एसटीएफका एडीजी अमिताभ यशले भने, ’मुठभेडमा घाइते भएका नवीन कुमारलाई अस्पताल लगिएको थियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे ।’

प्रहरीका अनुसार नवीनलाई अदालतले दुई मुद्दामा सजाय सुनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register